रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जित्यो आफ्नो पहिलो आईपीएल उपाधि

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जित्यो आफ्नो पहिलो आईपीएल उपाधि : Icon Khabar

अहमदाबाद, जेठ २१ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले अन्ततः आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ । मंगलवार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई छ रनले हराउँदै १८औँ सीजनको विजेता बन्न सफल भयो ।

फाइनल खेलमा पञ्जाबले १ सय ९१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरमा १ सय ८४ रनमै सीमित भयो ।

आरसीबीका विराट कोहलीले ३५ बलमा ४३ रन बनाए भने जितेश शर्माले १० बलमा २४ रनको आक्रामक इनिङ खेले । बलिङतर्फ क्रुणाल पाड्याले १७ रन दिँदै दुई विकेट लिए भने भुवनेश्वर कुमारले पनि दुई विकेट लिए । पञ्जाबका अर्शदीप सिंह र काइल जेमिसनले समान तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला