रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जित्यो आफ्नो पहिलो आईपीएल उपाधि

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जित्यो आफ्नो पहिलो आईपीएल उपाधि : Icon Khabar

अहमदाबाद, जेठ २१ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले अन्ततः आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ । मंगलवार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई छ रनले हराउँदै १८औँ सीजनको विजेता बन्न सफल भयो ।

फाइनल खेलमा पञ्जाबले १ सय ९१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरमा १ सय ८४ रनमै सीमित भयो ।

आरसीबीका विराट कोहलीले ३५ बलमा ४३ रन बनाए भने जितेश शर्माले १० बलमा २४ रनको आक्रामक इनिङ खेले । बलिङतर्फ क्रुणाल पाड्याले १७ रन दिँदै दुई विकेट लिए भने भुवनेश्वर कुमारले पनि दुई विकेट लिए । पञ्जाबका अर्शदीप सिंह र काइल जेमिसनले समान तीन विकेट लिए ।

Published Date: 04 June 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता