हडतालमा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित

हडतालमा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित : Icon Khabar

काठमाडौं, जेठ २० । हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।

उनीहरूले मयुरको गाडी रोकेर बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

उनका अनुसार, प्रदर्शनका क्रममा एउटा सुमोमा तोडफोड पनि भएको छ । ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको सिसामा तोडफोड गरेर क्षति पुर्‍याएको एसपी बोहराले बताए ।

व्यवसायीहरू सडकमा उत्रिएपछि केहीबेर जडीबुटी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । राइड सेयरिङको विरोध गर्दै गण्डकीबाट सुरु गरिएको यातायात हडताल हिजोदेखि देशैभरि जारी छ ।

हडतालकाबीचमा पनि मयुर यातायातले भने आफ्नो सेवा रोकेको छैन । एसपी बोहराका अनुसार अहिले त्यहाँको अवस्था सामान्य बन्दै गएको छ ।

Published Date: 03 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग