हडतालमा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित

हडतालमा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित : Icon Khabar

काठमाडौं, जेठ २० । हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।

उनीहरूले मयुरको गाडी रोकेर बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

उनका अनुसार, प्रदर्शनका क्रममा एउटा सुमोमा तोडफोड पनि भएको छ । ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको सिसामा तोडफोड गरेर क्षति पुर्‍याएको एसपी बोहराले बताए ।

व्यवसायीहरू सडकमा उत्रिएपछि केहीबेर जडीबुटी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । राइड सेयरिङको विरोध गर्दै गण्डकीबाट सुरु गरिएको यातायात हडताल हिजोदेखि देशैभरि जारी छ ।

हडतालकाबीचमा पनि मयुर यातायातले भने आफ्नो सेवा रोकेको छैन । एसपी बोहराका अनुसार अहिले त्यहाँको अवस्था सामान्य बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने