सरकार र यातायात व्यवसायीबीच भएन सहमति, भोली पनि बन्द निरन्तर रहने

सरकार र यातायात व्यवसायीबीच भएन सहमति, भोली पनि बन्द निरन्तर रहने : Icon Khabar

काठमाडौं, जेठ १९ । सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।

चारवटै व्यवसायी महासंघले भोली पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडी बढेको उनले जानकारी दिए ।

अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो ।

अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने भन्दै यस नियमावलीको विरोध गर्नु परेको सिटौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2025
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो
प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक