नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा तीन जना घाइते

नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा तीन जना घाइते : Icon Khabar

काठमाडौं, जेठ १५ । काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नालीमा खस्दा दुई जना यात्रुलाई सिसाले काटेर सामान्य घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।

बसलाई हटाउन क्रेन पठाइएको छ । त्यसैले बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने अनुमान छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेका थिएनन् । आज बिहानपख नागमन्दिर नजिक बस दुर्घटना भएपछि झन् बढी सवारी जाम हुँदा यात्रुहरु हैरान भएका छन् ।

Published Date: 29 May 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु