नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा तीन जना घाइते

नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा तीन जना घाइते : Icon Khabar

काठमाडौं, जेठ १५ । काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नालीमा खस्दा दुई जना यात्रुलाई सिसाले काटेर सामान्य घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।

बसलाई हटाउन क्रेन पठाइएको छ । त्यसैले बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने अनुमान छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेका थिएनन् । आज बिहानपख नागमन्दिर नजिक बस दुर्घटना भएपछि झन् बढी सवारी जाम हुँदा यात्रुहरु हैरान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2025
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने