भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक दोस्रो दिन पनि प्रभावित

भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक दोस्रो दिन पनि प्रभावित : Icon Khabar

काठमाडौं, जेठ १४ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक दोस्रो दिन पनि प्रभावित भएको छ ।

करोडौं असुलेर भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करी भइरहेको घटना सार्वजनिक भएपछि मंगलबार पनि विपक्षी दलले बैठकमा अवरोध गरेका थिए ।

विपक्षी दलका सांसदले बुधबार पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै बैठकमा अवरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका सांसदले आआफ्ना स्थानमा उठेर निरन्तर गृहमन्त्रीको राजीनामा मागेपछि सभामुख देवराज घिमिरले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

Published Date: 28 May 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा