काठमाडौं, जेठ १४ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक दोस्रो दिन पनि प्रभावित भएको छ ।
करोडौं असुलेर भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करी भइरहेको घटना सार्वजनिक भएपछि मंगलबार पनि विपक्षी दलले बैठकमा अवरोध गरेका थिए ।
विपक्षी दलका सांसदले बुधबार पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै बैठकमा अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका सांसदले आआफ्ना स्थानमा उठेर निरन्तर गृहमन्त्रीको राजीनामा मागेपछि सभामुख देवराज घिमिरले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
Published Date: 28 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1