मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १३ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९१ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन पनि सुनको मूल्य ७ सयले ओरालो लागेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 27 May 2025






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता