सरकारले तिर्नु पर्ने ऋण २६ खर्ब २२ अर्ब नाघ्यो

सरकारले तिर्नु पर्ने ऋण २६ खर्ब २२ अर्ब नाघ्यो : Icon Khabar
तस्बिर: न्यू विजनेस एज

काठमाडौँ, जेठ ११ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४२.९५ प्रतिशत हुन आउछ ।

चालु आर्थिक वर्षको सुरुवतामा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । जुन पछिल्लो १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई २६ खर्ब २२ अर्ब ४० करोड पुगेको हो ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत रहेको छ । वैशाख महिनाको सार्वजनिक ऋण अघिल्लो महिनाको तुलनामा कम हो। गत चैत मसान्तसम्ममा कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड थियो ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा ३ खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये हालसम्म ३ खर्ब १ अर्ब १४ करोड उठाएको छ भने २८ अर्ब ८५ करोड आन्तरिक ऋण उठाउन बाँकी छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ४७ अर्ब रुपैयाँबराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2025
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू