होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न

नयाँ अध्यक्षमा अवाल

होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १० । आज होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले गरेका थिए ।

संघका अध्यक्ष सत्यराम सुवालको सभाध्यक्षतामा पहिलो चरणको साधारण सभा सम्पन्न भएको हो। आजै सम्पन्न अधिवेशन मार्फत कृतन अवालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ। अवालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

संघको प्रथम उपाध्यक्षमा सुजन हाडा, द्धितीय उपाध्यक्षमा सुमन दथेपुथे, सचिवमा रञ्जित मारिखू र कोषाध्यक्षमा कैलाश धौबञ्जार सर्वसम्मत निर्वाचित भएका छन्। सदस्यहरुमा स्नेहा मास्के, उर्मिला जधारी, रोशन ग्वाछा, मृगेन्द्र श्रेष्ठ, हरिश्याम श्रेष्ठ र जीवन गोसाई निर्वाचित भएका हुन् ।
साधारणसभाको उदघाटन वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गरेका थिए ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जा , प्रहरी प्रमुख माधव बुढाथोकी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Published Date: 24 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी