भक्तपुरमा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

भक्तपुरमा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ : Icon Khabar

भक्तपुर, जेठ १० । प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट चेकीङमा खटिएको प्रहरी टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चास्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बस्ने वर्ष २७ को गुर्जु भन्ने निरोज बज्राचार्यले चलाई ल्याएको बागमती प्रदेश ०२–०२० प ३९५५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उक्त सवारीसाधन चोरीको भन्ने शंका लागी निज चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त मोटरसाइकल जेठ २ गते अन्दाजी साढे १ बजे काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं.९ सिनामंगलबाट चोरी भएको भनी खुल्न आएको खुल्न आएको छ । त्यसो हुँदा निज गुर्जु भन्ने निरोज बज्राचार्यलाई कानुन बमोजिम पक्राउ गरिएको छ । उनीबाट बरामद दसी सहित आवश्यक कार्बाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौ पठाइएको जनाइएको छ ।

पक्राउ मानिसः–
१. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.८ बस्ने वर्ष २७ को गुर्जु भन्ने निरोज बज्राचार्य ।
बरामद मोटरसाईकलः-
१.च्यासिस नं.MD2DHDKZZTCG84104, ईन्जिन नं. DKGBTG88232 भएको बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाईकल

Published Date: 24 May 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय