भक्तपुरमा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

भक्तपुरमा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ : Icon Khabar

भक्तपुर, जेठ १० । प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट चेकीङमा खटिएको प्रहरी टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चास्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बस्ने वर्ष २७ को गुर्जु भन्ने निरोज बज्राचार्यले चलाई ल्याएको बागमती प्रदेश ०२–०२० प ३९५५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उक्त सवारीसाधन चोरीको भन्ने शंका लागी निज चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त मोटरसाइकल जेठ २ गते अन्दाजी साढे १ बजे काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं.९ सिनामंगलबाट चोरी भएको भनी खुल्न आएको खुल्न आएको छ । त्यसो हुँदा निज गुर्जु भन्ने निरोज बज्राचार्यलाई कानुन बमोजिम पक्राउ गरिएको छ । उनीबाट बरामद दसी सहित आवश्यक कार्बाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौ पठाइएको जनाइएको छ ।

पक्राउ मानिसः–
१. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.८ बस्ने वर्ष २७ को गुर्जु भन्ने निरोज बज्राचार्य ।
बरामद मोटरसाईकलः-
१.च्यासिस नं.MD2DHDKZZTCG84104, ईन्जिन नं. DKGBTG88232 भएको बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाईकल

Published Date: 24 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड