बजारमा गोलभेँडाको भाउमा गिरावट

बजारमा गोलभेँडाको भाउमा गिरावट : Icon Khabar

काठमाडौं, जेठ ९ । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज शुक्रबार गोलभेँडाको भाउमा गिरावट आएको हो ।

आज भारतीय ठूलो गोलभेँडाको भाउ थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । बिहीबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेडाँको भाउ आज ३७ रुपैयाँ कायम छ ।

आज लोकल सानो गोलभेँडा थोकमा प्रतिकिलो ११ रुपैयाँ घटेको छ । लोकल गोलभेँडा किलोको ४१ रुपैयाँ कायम छ । बिहीबार लोकल गोलभेँडा प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो १५ रुपैयाँ घटेको छ । आज टनेलको सानो गोलभेँडा किलोको ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार प्रतिकिलो ६५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2025
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित