यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना

यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना : Icon Khabar

काठमाडौं, जेठ ७ । यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

यस वर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ भने सुदुरपश्चिम प्रदेशको दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।

त्यसैगरी मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ ।

यस्तै, यो वर्ष तापक्रम पछिल्लो वर्षभन्दा धेरै हुने पनि सम्भावना रहेको छ । विभागकाअनुसार सुदूरपश्चिम प्रदेशको उत्तर-पूर्वी भू-भाग, कर्णाली प्रदेशको उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग, गण्डकी प्रदेशको पश्चिमी भू-भाग, मधेश प्रदेशको पश्चिमी भू-भाग र बागमती प्रदेशको मध्य भू-भागमा सरदर भन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2025
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने