काठमाडौं, जेठ १ । इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ ।
रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ।
हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले रियलले खेल जित्यो।
बार्सिलोनालाई अब उपाधि जित्न बिहीवार एस्पान्योलविरुद्धको खेलमा १ अंक जोडे पुग्छ । मार्टिन भाल्जेन्टले ११ औं मिनेटमा गोल गर्दै मालोर्कालाई अग्रता दिलाए ।
घरेलु टोली रियलले खेलमा दबदबा जमाए पनि केहि राम्रा मौका खेर फाल्यो । त्यसपछि ६८ औं मिनेटमा किलियन एमबाप्पेले उत्कृष्ट प्रहारमा गोल गर्दै खेलमा बराबरी गरे।
इन्ज्युरी समयको पाँचौं मिनेटमा कमजोर डिफेन्डिङको फाइदा उठाउँदै रामोनले नजिकैबाट भली गोल गरे र खेल जिताए।
एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोना ८२ अंक छ। दोस्रो स्थानको रियल ४ अंकले पछि छ ।
बार्सिलोनाले आइतवार एल क्लासिकोमा रियललाई ४–३ ले हराएपछि ला लिगा जित्ने बलियो आधार बनाएको थियो। रियलमाथि यो सिजन बार्सिलोनाको त्यो चौंथो जित थियो।
त्यसमा ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको फाइनल समावेश छ । प्रशिक्षक कार्लो एन्सेलोटी आफ्नो अन्तिम सिजन रियलमा ठूला उपाधि विना कार्यकाल सक्ने सम्भावना छ।
यो सिजनको अन्त्यसँगै उनी ब्राजिलको मुख्य प्रशिक्षक बन्नेछन् । सम्भवतः उनीलाई फिफा क्लब विश्वकपका लागि ज़ाबी आलोन्सोले प्रतिस्थापन गर्नेछन्।
सबै खाले उपाधि गरेर एन्सेलोटी रियल म्याड्रिडको इतिहासमै सबैभन्दा सफल प्रशिक्षक हुन् । उनले ३ च्याम्पियन्स लिग, २ ला लिगासहित १५ उपाधि जितेका छन्। उनको अन्तिम उपाधि गत डिसेम्बरमा कतारमा भएको फिफा इन्टरकन्टिनेन्टल कप थियो।
अन्य खेलमा भिल्लारियलले लेगानेसलाई ३-० ले, सेभिल्लाले लस पलमासलाई र अल्भेसले भ्यालेन्सियालाई समान १-० ले हराएको छ।–एजेन्सी
Published Date: 15 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news