रियलको जितमा बार्सिलोनाको प्रतीक्षा लम्बियो

रियलको जितमा बार्सिलोनाको प्रतीक्षा लम्बियो : Icon Khabar

काठमाडौं, जेठ १ । इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ ।

रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ।

हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले रियलले खेल जित्यो।

बार्सिलोनालाई अब उपाधि जित्न बिहीवार एस्पान्योलविरुद्धको खेलमा १ अंक जोडे पुग्छ । मार्टिन भाल्जेन्टले ११ औं मिनेटमा गोल गर्दै मालोर्कालाई अग्रता दिलाए ।

घरेलु टोली रियलले खेलमा दबदबा जमाए पनि केहि राम्रा मौका खेर फाल्यो । त्यसपछि ६८ औं मिनेटमा किलियन एमबाप्पेले उत्कृष्ट प्रहारमा गोल गर्दै खेलमा बराबरी गरे।

इन्ज्युरी समयको पाँचौं मिनेटमा कमजोर डिफेन्डिङको फाइदा उठाउँदै रामोनले नजिकैबाट भली गोल गरे र खेल जिताए।

एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोना ८२ अंक छ। दोस्रो स्थानको रियल ४ अंकले पछि छ ।

बार्सिलोनाले आइतवार एल क्लासिकोमा रियललाई ४–३ ले हराएपछि ला लिगा जित्ने बलियो आधार बनाएको थियो। रियलमाथि यो सिजन बार्सिलोनाको त्यो चौंथो जित थियो।

त्यसमा ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको फाइनल समावेश छ । प्रशिक्षक कार्लो एन्सेलोटी आफ्नो अन्तिम सिजन रियलमा ठूला उपाधि विना कार्यकाल सक्ने सम्भावना छ।

यो सिजनको अन्त्यसँगै उनी ब्राजिलको मुख्य प्रशिक्षक बन्नेछन् । सम्भवतः उनीलाई फिफा क्लब विश्वकपका लागि ज़ाबी आलोन्सोले प्रतिस्थापन गर्नेछन्।

सबै खाले उपाधि गरेर एन्सेलोटी रियल म्याड्रिडको इतिहासमै सबैभन्दा सफल प्रशिक्षक हुन् । उनले ३ च्याम्पियन्स लिग, २ ला लिगासहित १५ उपाधि जितेका छन्। उनको अन्तिम उपाधि गत डिसेम्बरमा कतारमा भएको फिफा इन्टरकन्टिनेन्टल कप थियो।

अन्य खेलमा भिल्लारियलले लेगानेसलाई ३-० ले, सेभिल्लाले लस पलमासलाई र अल्भेसले भ्यालेन्सियालाई समान १-० ले हराएको छ।–एजेन्सी

Published Date: 15 May 2025
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय