सञ्चालनमा आयो बीपी राजमार्ग

सञ्चालनमा आयो बीपी राजमार्ग : Icon Khabar
फाइल तस्बिर

काभ्रे, वैशाख ३० । बीपी राजमार्ग १५ घन्टापछि सञ्चालनमा आएको छ । बाढीले अवरुद्ध बनेको बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका–११ स्थित माम्तीमा बाढीले डाइार्भसन बगाउँदा सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार डाइभर्सन बनाएर मोटरसाइकल लगायतका साना गाडी सञ्चालनमा आइसकेका छन् भने ठूला सवारीलाई पनि बिस्तारै पठाउन थालिएको छ ।

सोमबार राति ९ बजेदेखि माम्तीमा बाढीले डाइार्भसन बगाएपछि सडक अवरुद्ध भएको थियो ।काठमाडौंबाट पूर्व जाने सवारीलाई भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई सिन्धुलीमा होल्ड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 May 2025
Website | + posts




ताजा
देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक
सोमबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्यो
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित