चालु आवको नौ महिनासम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रियो

चालु आवको नौ महिनासम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रियो : Icon Khabar

काठमाडौँ, वैशाख २८ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो।

गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो।

चैत एक महिनामा मात्रै भने एक खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २६ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

यो नौ महिना (साउनदेखि चैत)मा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ।

गत वर्षको पहिलो नौ महिनामा ५ अर्ब ११ करोड रूपैयाँ बाहिरिएको थियो। नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.७६ प्रतिशतले बढेको छ।

गत आवको नौ महिनामा ५ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ७ हजार पुगेको छ।

Published Date: 11 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग