एक्सद्वारा भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाता रोक्ने घोषणा

एक्सद्वारा भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाता रोक्ने घोषणा : Icon Khabar

काठमाडौं, वैशाख २६ । भारत सरकारको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाताहरूमा सम्बन्धित व्यक्तिको पहुँच रोक्ने घोषणा गरेको छ।

सरकारले पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यो नयाँ कदम उठाइएको हो।

एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । ‘भारत सरकारबाट कार्यकारी आदेश प्राप्त भएको छ जसअनुसार भारतमा ८,००० भन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो आदेश पालना नगरेमा प्लेटफर्मका स्थानीय कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम छ।’

एक्सका अनुसार भारत सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि समावेश छन् । यद्यपि एक्सले ब्लक गरिएका खाताहरू बारे जानकारी सार्वजनिक गरेको छैन ।

भारतीय सरकारले कुन–कुन पोस्टले कानुन उल्लङ्घन गर्‍यो भन्ने स्पष्ट आधार पेस नगरेको एक्सले स्पष्ट पारेको छ ।

भारत सरकारको आदेश माने पनि एक्सले यो कदममा फरक मत राखेको छ । ‘सम्पूर्ण खाताहरू ब्लक गर्नु अनावश्यक मात्र होइन, यो अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो,’ एक्सले भनेको छ ।

एक्सले यो निर्णय सहज नभए पनि भारतमा एक्स सञ्चालन गरिराख्नका लागि एक्स बाध्य भएको स्पष्ट पारेको छ । ‘भारतमा एक्स सक्रिय राख्नु नागरिकको सूचना पहुँचको अधिकारका लागि आवश्यक’ भएकोले यस्तो कदम चालिएको एक्सले जनाएको छ ।

विहीबार मात्र इन्टाग्राम सञ्चालक संस्था मेटाले भारत सरकारको माग अनुसार एक प्रमुख मुस्लिम समाचार पृष्ठ भारतीय प्रयोगकर्ताहरूका लागि बन्द गरेको थियो ।

Published Date: 09 May 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता