भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना

भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख २६ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुने सम्भावना बढेको छ। गत २२ मार्च देखि सुरु भएको आइपीएल बिचमै स्थगित हुनसक्ने बताइएको छ।

बिहिबार पाकिस्तानले भारतका ११ शहरमा लक्षित आक्रमण गरेपछि दिल्ली र पंजाबबीचको खेल रद्द गरिएको थियो। धमंशाला मैदानमा भएको खले पहिलो पारीको १०.१ ओभर हुँदा मैदानका सबै फ्लड लाडट निभाइएको थियो।

पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाउँदा ‘ब्ल्याकआउट’ भएपछि मैदानका फ्लडलाइट निभेका थिए।

त्यसपछि मैदानका आपतकालिन ढोकाहरुबाट दर्शकहरुलाई बाहिर निकालिएको थियो। बीसीसीआईले खेलाडी र अन्य पदाधिकारीलाई तत्काल दिल्ली फर्काउन विशेष बन्दे भारत रेललाई धर्मशाला पठाएको बताएको छ।

योसँगै जारी सिजनको आईपीएलको भविष्य के हुन्छ भन्ने अन्योलता छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2025
Website | + posts