भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना

भारत पाकिस्तान तनावः आईपीएल स्थगित हुने सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख २६ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुने सम्भावना बढेको छ। गत २२ मार्च देखि सुरु भएको आइपीएल बिचमै स्थगित हुनसक्ने बताइएको छ।

बिहिबार पाकिस्तानले भारतका ११ शहरमा लक्षित आक्रमण गरेपछि दिल्ली र पंजाबबीचको खेल रद्द गरिएको थियो। धमंशाला मैदानमा भएको खले पहिलो पारीको १०.१ ओभर हुँदा मैदानका सबै फ्लड लाडट निभाइएको थियो।

पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाउँदा ‘ब्ल्याकआउट’ भएपछि मैदानका फ्लडलाइट निभेका थिए।

त्यसपछि मैदानका आपतकालिन ढोकाहरुबाट दर्शकहरुलाई बाहिर निकालिएको थियो। बीसीसीआईले खेलाडी र अन्य पदाधिकारीलाई तत्काल दिल्ली फर्काउन विशेष बन्दे भारत रेललाई धर्मशाला पठाएको बताएको छ।

योसँगै जारी सिजनको आईपीएलको भविष्य के हुन्छ भन्ने अन्योलता छाएको छ।

Published Date: 09 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी