भारत-पाकिस्तानबीच बढ्दो तनाव: सशस्त्र प्रहरी बलद्वारा सीमा क्षेत्रमा १८४४ वटा चेकप्वाइन्टहरू स्थापना

भारत-पाकिस्तानबीच बढ्दो तनाव: सशस्त्र प्रहरी बलद्वारा सीमा क्षेत्रमा १८४४ वटा चेकप्वाइन्टहरू स्थापना : Icon Khabar

काठमाडौँ, वैशाख २५ । भारत-पाकिस्तानबीच बढ्दो तनावलाई मध्यनजरमा राखेर सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चेकप्वाइन्टहरू राखेको छ।

४८ घण्टामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरीले ३१२ पटक सीमा क्षेत्रमा गस्ती समेत गरेको छ।

‘सामान्यत: नियमित रूपमा यति धेरै संख्यामा चेकप्वाइन्टहरू राखिन्न। अहिले चाहि गस्ती र जाँच गर्ने संख्या बढाइएको छ,’ उनले भने।

मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घन्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल गस्ती गरिएको छ।

एसएसबीसँग संयुक्त गस्ती मंगलबार २० वटा, बुधबार १६ वटा र बिहीबार ४८ वटा गरिएको डिएसपी थापाले बताए। त्यस्तै एकल पट्रोल मंगलबार ८९ वटा, बुधबार ६४ वटा र बिहीबार ७५ वटा गरिएको छ।

सीमा क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरूबाट १० हजार भन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन भएको छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्य समेत कडाइकासाथ गरिएको डिएसपी थापाले बताए।

तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको उनले बताए।

उनका अनुसार यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्त्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको छ।

Published Date: 08 May 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता