राजावादी समूहद्वारा आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

राजावादी समूहद्वारा आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा : Icon Khabar

काठमाडौँ, वैशाख २५ । राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ ।

बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा उनले राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताए ।

सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2025
Website | + posts


ताजा
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
५ महिनाभित्र प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चार मन्त्री खरेलको निर्णय
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु