मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो: प्रधानमन्त्री ओली

मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो: प्रधानमन्त्री ओली : Icon Khabar

काठमाडौं, वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।

तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।

‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’ उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’

एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । उनले जथाभावी पेनकिलर लगायतका औषधि जथाभावी नखान र आफ्नो स्वास्थ्य जोगाउन कोसिस गर्न सल्लाह पनि दिए ।

आफ्नो स्वास्थ्यमा बिरामी आफैं सजग हुनुपर्ने बताउँदै उनले भने, ‘बिरामीलाई के थाहा हुनुपर्छ भने सजगता भएन भने विकराल रुप लिने खतरा हुन्छ । त्यसले ठूलो बिनास गर्छ ।’

Published Date: 08 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी