पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा : Icon Khabar

काठमाडौं, वैशाख २५ । पेरिस सेन्ट जर्मेन (पिएसजी )ले आर्सनललाई २-१ ले हराउँदै युइएफले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

पेरिसको पार्क दे प्रिन्स रंगशालामा भएको खेलमा जित निकालेपछि समग्रमा ३–१ को अग्रतासहित पिएसजी अघि बढेको छ ।

खेलको पहिलो हाफमा पिएसजीका मिडफिल्डका फाबियान रूइजले एक जबरजस्त भली प्रहारमार्फत गोल गर्दै अग्रता दिलाए । त्यो उनको ४६ औं च्याम्पियन्स लिग खेलमा पहिलो गोल थियो । स्पेनी खेलाडीको गोलले टोलीको सुरुआतको तनाव कम गर्दै खेलको लय पेरिसियनहरूतर्फ मोडिदिए ।

दोस्रो हाफको सुरुमै डिफेन्डर अक्राफ हाकिमीले गोल गरे । भिटिन्हाको मिस पेनाल्टीपछि अग्रता बढाउने अवसर गुमाएको पिएसजीलाई हाकिमीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए।

६७औं मिनेटमा बुकायो साकाले आर्सेनलका लागि गोल गर्दै झिनो आशा कायम राखे । त्यसपछि गोल भएन र पिएसजी फाइनल पुग्यो ।

पिएजसजीले इन्टर मिलानसँग उपाधिका लागि खेल्नेछ। बार्सिलोनालाई हराउँदै पिएसजीले फाइनलको यात्रा तय गरेको थियो । –एजेन्सी

Published Date: 08 May 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग