पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा : Icon Khabar

काठमाडौं, वैशाख २५ । पेरिस सेन्ट जर्मेन (पिएसजी )ले आर्सनललाई २-१ ले हराउँदै युइएफले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

पेरिसको पार्क दे प्रिन्स रंगशालामा भएको खेलमा जित निकालेपछि समग्रमा ३–१ को अग्रतासहित पिएसजी अघि बढेको छ ।

खेलको पहिलो हाफमा पिएसजीका मिडफिल्डका फाबियान रूइजले एक जबरजस्त भली प्रहारमार्फत गोल गर्दै अग्रता दिलाए । त्यो उनको ४६ औं च्याम्पियन्स लिग खेलमा पहिलो गोल थियो । स्पेनी खेलाडीको गोलले टोलीको सुरुआतको तनाव कम गर्दै खेलको लय पेरिसियनहरूतर्फ मोडिदिए ।

दोस्रो हाफको सुरुमै डिफेन्डर अक्राफ हाकिमीले गोल गरे । भिटिन्हाको मिस पेनाल्टीपछि अग्रता बढाउने अवसर गुमाएको पिएसजीलाई हाकिमीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए।

६७औं मिनेटमा बुकायो साकाले आर्सेनलका लागि गोल गर्दै झिनो आशा कायम राखे । त्यसपछि गोल भएन र पिएसजी फाइनल पुग्यो ।

पिएजसजीले इन्टर मिलानसँग उपाधिका लागि खेल्नेछ। बार्सिलोनालाई हराउँदै पिएसजीले फाइनलको यात्रा तय गरेको थियो । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2025
Website | + posts


ताजा
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
५ महिनाभित्र प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चार मन्त्री खरेलको निर्णय
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु