पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द : Icon Khabar

काठमाडौं, वैशाख २४ । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।

बुधवार कतार एयरवेजले जानकारी दिदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारीय दिएको छ ।

एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।

पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ ।

त्यस्तै जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ ।

Published Date: 07 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग