बुधाबर सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्यो

बुधाबर सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख २४ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन ५ हजार ३ सयले बढेको सुनको मूल्य बुधबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सयले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदी आज प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 07 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग