भारत र पाकिस्तानबीचको बढ्दो तनाव लज्जास्पद भएको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

भारत र पाकिस्तानबीचको बढ्दो तनाव लज्जास्पद भएको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया : Icon Khabar

काठमाडौँ, वैशाख २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको बढ्दो तनावलाई लज्जास्पद भएको बताएका छन् । भारतले पाकिस्तानमाथि आक्रमण गरेसँगै ट्रम्पले भने,‘यो लज्जास्पद कुरा हो, हामीले भर्खरै यसको बारेमा सुन्यौं, उनीहरु लामो समयदेखि लडिरहेका छन् । मलाई आशा छ कि यो धेरै चाँडै समाप्त हुन्छ ।’
अमेरिकी विदेश सचिव मार्को रुबियोले भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै क्षेत्रमा आक्रमण गरेपछि अधिकारीहरूसँग छलफल गरेका थिए । उनले उनले स्थितिलाई नजिकबाट नियालिरहेको र वाशिंगटनले ूशान्तिपूर्ण समाधानमा पुग्न संलग्न गराउन जारी प्रयास राख्ने बताए।

अमेरिकाका लागि भारत एक महत्वपूर्ण अमेरिकी साझेदार हो । चीन भारससँग मिलेर चीनको बढ्दो प्रभावलाई रोक्ने लक्ष्यमा रहेको छ । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेपछि अमेरिकाका लागि पाकिस्तानको महत्व घटेको छ ।

Published Date: 07 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी