भारत र पाकिस्तानबीचको बढ्दो तनाव लज्जास्पद भएको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

भारत र पाकिस्तानबीचको बढ्दो तनाव लज्जास्पद भएको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया : Icon Khabar

काठमाडौँ, वैशाख २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको बढ्दो तनावलाई लज्जास्पद भएको बताएका छन् । भारतले पाकिस्तानमाथि आक्रमण गरेसँगै ट्रम्पले भने,‘यो लज्जास्पद कुरा हो, हामीले भर्खरै यसको बारेमा सुन्यौं, उनीहरु लामो समयदेखि लडिरहेका छन् । मलाई आशा छ कि यो धेरै चाँडै समाप्त हुन्छ ।’
अमेरिकी विदेश सचिव मार्को रुबियोले भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै क्षेत्रमा आक्रमण गरेपछि अधिकारीहरूसँग छलफल गरेका थिए । उनले उनले स्थितिलाई नजिकबाट नियालिरहेको र वाशिंगटनले ूशान्तिपूर्ण समाधानमा पुग्न संलग्न गराउन जारी प्रयास राख्ने बताए।

अमेरिकाका लागि भारत एक महत्वपूर्ण अमेरिकी साझेदार हो । चीन भारससँग मिलेर चीनको बढ्दो प्रभावलाई रोक्ने लक्ष्यमा रहेको छ । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेपछि अमेरिकाका लागि पाकिस्तानको महत्व घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2025
Website | + posts


ताजा
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
५ महिनाभित्र प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चार मन्त्री खरेलको निर्णय
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु