शौचालयमा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

शौचालयमा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट : Icon Khabar

काठमाडौं, वैशाख २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन्।

गए राति खुमलटारस्थित निवासकाे शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ।   राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्ड इमर्जेन्सीमा भर्ना भएका थिए। प्रचण्डलाई न्यूराेलाेजिस्ट डा. बाबुराम पाेखरेलकाे टिमले उपचार गरेकाे थियाे।

उनी आज विहान पाँच बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ।

Published Date: 07 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी