सरकार, यातायात मजदुर र व्यवसायीबीच वार्ता हुँदै

सरकार, यातायात मजदुर र व्यवसायीबीच वार्ता हुँदै : Icon Khabar

काठमाडौं, फागुन २ । सम्झौता गरिएका मागहरू पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गर्ने भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको मजदुर आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउदै वार्ताका लागि आव्हान गरिसकेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी सङ्गठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाई सकेको जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सि गौतमको संयोजकत्वमा यातायात व्यवसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ।

आन्दोलन नै समाधान नभएको बताउदै वार्ता र छलफल गरी उचित निष्कर्ष निकाल्न उपप्रधानमन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई बिहान ८ः३० बजे मन्त्रालयमा बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न