आदर्श बस स्टपमा अवस्थित विद्या आर्जन इ.बो. स्कूलको निरीक्षण

आदर्श बस स्टपमा अवस्थित विद्या आर्जन इ.बो. स्कूलको निरीक्षण : Icon Khabar

भक्तपुर, वैशाख २१ । संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेमजन थापाले आज भक्तपुर नगरपालिकाको आदर्श बस स्टपमा अवस्थित विद्या आर्जन इ.बो. स्कूलको निरीक्षण गरेको छ।

इसानमा आवद्ध विद्यालयहरूको शैक्षिक अवस्था र पठनपाठनको स्तर बुझ्ने उद्देश्यले गरिएको यो निरीक्षणले विद्यालयको शैक्षिक विकास र भौतिक पूर्वाधारको तयारीलाई अध्यक्ष थापाले उच्च मूल्यांकन गरेको जनाएको छ।

निरीक्षणका क्रममा अध्यक्ष थापाले विद्यालय प्रशासन, लेखा शाखा, पुस्तकालय, विज्ञान प्रयोगशाला, विद्यालयको खाजा कक्ष, फुटबल मैदान, हल, क्रिकेट मैदान, ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट लगायत कक्षा नर्सरीदेखि कक्षा १० सम्मको अवलोकन गरे।

उनले विद्यार्थीहरूसँग प्रत्यक्ष कुराकानी गरी उनीहरूको पढाइको अवस्था र भाषा सिकाइको तरिकाबारे जानकारी लिए। भाषा सिक्ने क्रममा सुरुमै व्याकरणमा जोड दिन नपर्ने र कुनै पनि संकोच नराखी बोल्दा सजिलै भाषा सिक्न सकिने महत्त्वपूर्ण सुझाव उनले विद्यार्थीहरूलाई दिए।

विद्यालयको शैक्षिक विकासका लागि गरिएको भौतिक पूर्वाधारको तयारी देखेर अध्यक्ष थापाले खुशी व्यक्त गरे। साथै कक्षा निरीक्षणको क्रममा थापाले विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी हौसला प्रदान गरेका थिए।

विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले अध्यक्ष थापालाई फूलको गुच्छा र प्रि–स्कूल इन्चार्ज मणिकला राईले आकर्षक कागजको फूल प्रदान गरी स्वागत गरेका थिए।

यस निरीक्षणले विद्या आर्जन स्कूलको शैक्षिक गुणस्तर र व्यवस्थापनलाई थप प्रोत्साहन मिलेको विश्वास गरिएको छ।

Published Date: 04 May 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता