भक्तपुर कपको टाइसिट सार्वजनिक

भक्तपुर कपको टाइसिट सार्वजनिक : Icon Khabar

भक्तपुर, फागुन १ । दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ । भक्तपुर युवा टिमको आयोजनामा फागुन ५ गते शुक्रवारबाट भक्तपुरको महेश्वरी खेल मैदानमा सुरु हुने प्रतियोगिताको टाइसिट आज सोमबार सार्वजनिक गरेको हो ।

आयोजक भक्तपुर युवा टिम सहित १६ टोलीको सहभागी हुने उक्त प्रतियोगिता नकआउट पदतिमा खेलाइने छ । टाइसिट सार्वजनिक कार्यक्रममा भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।

प्रतियोगिता फागुन ५ गते देखि १३ गते सम्म भक्तपुरको महेश्वरी खेल मैदानमा संचालन हुने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजन भक्तपुर युवा टिम र बौद्ध एफसी काठमाडौंबीच हुनेछ ।

.

Published Date: 13 February 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु