आज तःदिन अर्थात वर्षको ठूलो दिन, भक्तपुरका स्थानियले दुगुपूजा मनाउँदै

आज तःदिन अर्थात वर्षको ठूलो दिन, भक्तपुरका स्थानियले दुगुपूजा मनाउँदै : Icon Khabar
तस्बिर: रामप्रसाद खर्बुजा

भक्तपुर, वैशाख १८ । भक्तपुरमा आज स्थानिय नेवार समुदायले दुगुपूजा मनाउँदैछन्। आज आइतबारको दिनलाई तःदिन अर्थात वर्षको ठूलो दिनको रुपमा भक्तपुरमा दुगुपूजा मनाइंदैछ।

दुगुपूजा भन्नाले कुलका सबै दाजुभाई एक ठाउँमा भेला भई गरिने पुजाअर्थात कुल पुजा हो। त्यसका लागि घरदेखी कुल देवतालाई आ आफ्नो कुल देवताको पीठमा लगी हाँस, बोका बली दिई प्रसाद ग्रहण गरेर पुनः कुल देवतालाई घर लैजाने प्रचलन रहेको छ ।

आ–आफ्नो कूल देवताको पूजालाई देवाली पूजा मानिएको छ । आफ्नो कुल संस्कृति र संस्कारको परम्परालाई जीवित राख्न र निरन्तरता दिन गरिने पूजालाई देवाली पूजाको रूपमा लिइएको छ ।

भक्तपुरवासीले मनाउने तिथि भनेको अक्षय तृतीया, तः दिन र सिथिनखः मा देखिन्छ । त्यस्तै बारको हिसाबले लिँदा आइतबार र बिहीबार दुगुपूजा गर्ने उत्तम बारको रूपमा मानिएको छ । त्यस्तै दिगु द्योःलाई मनपर्ने फूलको रूपमा मूः स्वां र धँचा स्वां मानिएको छ ।

दुगु द्यः लाई पूजा गर्ने (स्मरण गर्ने) विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्य

दुगु द्यःलाई विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्यमा पनि स्मरण गरी पूजाआजा गरेको हुन्छ । उदाहरणको रूपमा: ब्रतवन्ध, बेलविवाह, गुफा राख्दा र विवाहमा लिन सकिन्छ । बेल विवाह गरेको वर्ष छोरी/नातिनीहरूलाई बेल विवाह गर्दा लगाइएकै लुगा, गहना र सलापासहित दुगु द्यः लाई पूजा गर्न लगाई कुलमा भित्र्यइएको मानिन्छ ।

त्यस्तै विवाहमा पनि स्वयम्बर वा ह्वंकेगु बेलामा नयाँ बुहारीको हातबाट दुगु द्यःलाई सुपारी अर्पण गरेपछि मात्रै अन्य परिवारलाई सुपारी दिने (ग्वे साय्गु) चलन छ ।

देवाली पूजामा नयाँ बुहारीलाई स्वयम्बरको बेला अर्पणगरेको सुपारीसहित पानी छरी शुद्ध बनाई साँचो समात्न लगाई नकींले दिगू द्यः कहाँ भित्र्याई आफ्नो कुलमा प्रवेश गराएको मानिन्छ।

स्रोतः ख्वपको पहिचान (भाग–२)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2025
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने