ललितपुरमा सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, तीन जना पक्राउ

ललितपुरमा सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख १४ । ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

उनले भने, ‘शनिबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएको रहेछ, अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।’

परिवारले उनको मृत्युप्रति शंका गर्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो । त्यसक्रममा राति मोटरसाइकलमा नमस्ते अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एसएसपी अधिकारी भन्छन्, ‘घटनाबारे बुझ्नलाई ल्याएका हौं, सोधपुछ भइरहेको छ ।’ पोष्टमार्टम रिपोर्ट आएपछि घिसिङको मृत्युबारे निर्क्यौल हुने उनले बताए ।

Published Date: 27 April 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु