ललितपुरमा सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, तीन जना पक्राउ

ललितपुरमा सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख १४ । ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

उनले भने, ‘शनिबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएको रहेछ, अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।’

परिवारले उनको मृत्युप्रति शंका गर्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो । त्यसक्रममा राति मोटरसाइकलमा नमस्ते अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एसएसपी अधिकारी भन्छन्, ‘घटनाबारे बुझ्नलाई ल्याएका हौं, सोधपुछ भइरहेको छ ।’ पोष्टमार्टम रिपोर्ट आएपछि घिसिङको मृत्युबारे निर्क्यौल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न