जग्गा उपलब्ध नगराए भक्तपुरबाट राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र सार्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी

जग्गा उपलब्ध नगराए भक्तपुरबाट राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र सार्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी : Icon Khabar

भक्तपुर, वैशाख १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई स्थानान्तरण गर्न सकिने चेतावनी दिएका छन् । बिहीबार केन्द्रको १३औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले केन्द्रको लागि आवश्यक जग्गा भक्तपुर जिल्लामा उपलब्ध नभए अन्यत्रै सारिने चेतावनी दिएका हुन् ।

एक उपयुक्त ठाउँसहित प्रस्ताव आएको खुलासा गर्दै उनले भक्तपुरमा जग्गा नपाए त्यो बिकल्पमा जान बाध्य हुने बताए । यद्यपि कता सार्ने भन्ने उनले स्पष्ट भने पारेनन् ।

मन्त्री पौडेलले केन्द्रको सेवा विस्तारका लागि सरकार आवश्यक पूर्वाधार निर्माणमा गम्भीर रहेको तर, स्थानीय तहले आवश्यक सहयोग नगरेको भन्दै भक्तपुरका स्थानीय सरकारमाथि प्रश्न उठाएका थिए ।

हाल भक्तपुर अस्पताल परिसरभित्र रहेको मानव अंग प्रत्यारोपण केन्द्रलाई चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा स्थानान्तरण गर्ने प्रक्रिया वर्षौंदेखि अल्झिएको छ। त्यहाँ जग्गा पाएपनि केन्द्र सारिएको छैन । केन्द्रले उक्त जग्गा अनुपयुक्त भएको बताउदै आएको छ ।

कार्यक्रममा अतिथि तथा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले झौखेलबाहेक सुडालमा रहेको ३५ रोपनी १२ आना जग्गा अस्पताललाई दिने निर्णय गरिसकेको जानकारी गराए । उक्त निर्णय मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी रहेको उनको भनाइ छ ।

सो अवसरमा केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले स्थान अभावका कारण मागअनुसार सेवा दिन नसकेको गुनासो गरेका थिए ।

भक्तपुर अस्पतालको जग्गा र भवन ओगटेर केन्द्र सञ्चालन हुँदा एकातर्फ केन्द्रलाई स्थान अभाव भएको छ भने भक्तपुर अस्पताल पनि खिम्चिनु परेको प्रति बागमती प्रदेश सरकारकी सचिव डा सुमित्रा गौतम नै असन्तुष्ट छिन् । भक्तपुर अस्पताल बागमती प्रदेश सरकार मातहत सञ्चालित छ भने अंग प्रत्यारोपण केन्द्रलाई संघीय सरकारले चलाइरहेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर प्रहरी प्रमुख रहेका एसपी माधव बुढाथोकी, केन्द्रका चिकित्सक, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो। – नन्स्टप खबरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2025
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट