विक्की कौशलको फिल्म ‘छावा’, रिलिज भएको दुई महिना भइसक्दासमेत आफ्नो दमदार उपस्थिति कायम

विक्की कौशलको फिल्म ‘छावा’, रिलिज भएको दुई महिना भइसक्दासमेत आफ्नो दमदार उपस्थिति कायम : Icon Khabar

मुम्वई, वैशाख ९ । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’ ले रिलिज भएको दुई महिना भइसक्दासमेत बक्स अफिसमा आफ्नो दमदार उपस्थिति कायम राखिरहेको छ। ऐतिहासिक घटनामा आधारित यो पीरियड ड्रामा फिल्मले दर्शकहरू र समीक्षकहरू दुबैले भरपुर साथ दिएका छन्।

फिल्म छत्रपति सम्भाजी महाराजको जीवन र साहसिक संघर्षमा आधारित छ। एकातर्फ यसको भव्य निर्माण, सशक्त स्क्रिप्ट र जोशिलो संवादले दर्शकलाई हलसम्म आकर्षित गरिरहेको छ भने अर्कोतर्फ मराठा इतिहाससँग जोडिएको भावनात्मक गहिराइले सबै वर्गका दर्शकहरूलाई भावुक बनाएको छ।

६०० करोड क्लबमा प्रवेश गर्ने तेस्रो हिन्दी फिल्म
‘छावा’ले बक्स अफिसमा अबसम्म ६००.१० करोड रुपैयाँको कमाइ गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ। यो फिल्म अब ‘पुष्पा २’ र ‘स्त्री २’ पछि २०२५ को तेस्रो हिन्दी फिल्म बनेको छ जसले ६०० करोड क्लबमा स्थान बनाएको हो। यस उपलब्धिसँगै ‘छावा’ले ‘अल टाइम ब्लकबस्टर’ को दर्जा पनि प्राप्त गरेको छ।

९ हप्तामा ६०० करोड कमाइ
फिल्मको कमाइको गति सुरुआतदेखि नै तीव्र रहेको थियो। पहिलो तीन हप्तामै करिब ५०० करोड नजिक पुगेको फिल्मले त्यसपछि पनि बिस्तारै तर लगातार उकालो लागिरहेको ग्राफ कायम राखेको छ। ‘छावा’को सफलता यस कुराको प्रमाण हो कि बलियो कथा र प्रामाणिक प्रस्तुतिले आज पनि बक्स अफिसमा धमाका गर्न सक्छ।

समीक्षकहरूबाट प्रशंसा, दर्शकबाट माया
‘छावा’ले केवल दर्शकहरूको मन जितेको छैन, समीक्षकहरूले पनि यसको निर्देशन, ऐतिहासिक सटीकता र कलाकारहरूको अभिनय को खुलेर प्रशंसा गरेका छन्। विक्की कौशलको अभिनयलाई विशेष रुपमा उल्लेख गरिएको छ, जसले सम्भाजी महाराजको शौर्य र संवेदनालाई पर्दामा प्रभावशाली तरिकाले प्रस्तुत गरेका छन्।

‘छावा’ले अझ कति कीर्तिमान तोड्ला ?
यद्यपि अहिले फिल्मको कमाइको गति अलि सुस्त देखिएको छ, ६०० करोडको पारि कुनै पनि फिल्मका लागि अत्यन्त ठूलो उपलब्धि हो। अब सबैको नजर यसमा केन्द्रित छ—के ‘छावा’ आगामी हप्ताहरूमा अझ नयाँ कीर्तिमानहरू बनाउन सक्नेछरु

Published Date: 22 April 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी