‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने एक व्यक्ति पक्राउ

‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने एक व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख ९ । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार गत आइतवार राति पौडेल पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रहेको ढावा रेस्टुराँ एण्ड बारमा पुगेका थिए । त्यहाँ उनले विभिन्न खानेकुरा अर्डर गरेर खाएका थिए ।

तर, पैसा तिर्ने बेलामा उनले भने- ‘म प्रहरीको डीएसपी हुँ ।’ उनले त्यसो भन्दै धाकधम्की दिई काउन्टरमा रहेका कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । यसबारे प्रहरी कन्ट्रोलमा सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।

उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

Published Date: 22 April 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी