‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने एक व्यक्ति पक्राउ

‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने एक व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख ९ । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार गत आइतवार राति पौडेल पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रहेको ढावा रेस्टुराँ एण्ड बारमा पुगेका थिए । त्यहाँ उनले विभिन्न खानेकुरा अर्डर गरेर खाएका थिए ।

तर, पैसा तिर्ने बेलामा उनले भने- ‘म प्रहरीको डीएसपी हुँ ।’ उनले त्यसो भन्दै धाकधम्की दिई काउन्टरमा रहेका कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । यसबारे प्रहरी कन्ट्रोलमा सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।

उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने