मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, वैशाख ९ । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको भाउले नयाँ ऐतिहासिक उचाई हासिल गरेको छ । स्थानिय बजारमा सुनको मूल्य आज प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने