मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, वैशाख ९ । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको भाउले नयाँ ऐतिहासिक उचाई हासिल गरेको छ । स्थानिय बजारमा सुनको मूल्य आज प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 22 April 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग