राष्ट्र बैंकद्वारा नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त, अधिकारी भने मोवाइलअफ गरेर फरार

राष्ट्र बैंकद्वारा नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त, अधिकारी भने मोवाइलअफ गरेर फरार : Icon Khabar

काठमाडौँ, वैशाख ८ । नेपाल राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक डा चन्द्रबहादुर अधिकारीलाई बर्खास्त गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको नाममा सात दिने सूचना जारी गरेकै दिन सोमबार उनलाई राष्ट्र बैंकले ५ लाख जरिवानासहित वर्खास्त गरेको हो ।

यसअघि अधिकारी अर्थमन्त्री डा.प्रकाशशरण महतको पालामा बैंक अध्यक्ष नियुक्त भएका थिए । माघ २१ गते परेको उजुरीमाथि आवश्यक अनुसन्धानका लागि भन्दै अधिकारीलाई बैशाख ८ गतेको मितिबाट सात दिनभित्र उपस्थित हुन भनिएको छ । त्यो अनुसार उनी आउंदो सोमबारसम्म अख्तियारमा उपस्थित भैसक्नु पर्नेछ ।

अख्तियारले सार्वजनिक गरेको सूचनामा अधिकारीलाई भारत उत्तर प्रदेशका खुशनसिब अन्सारी र वज्जाद अन्सारीलाई समेत उपस्थित गराउन निर्देशन दिइएको छ । सूचनामा ती दुबै अन्सारीको आधार कार्ड नम्बर र भारतको पूर्ण ठेगाना पनि उल्लेख गरिएको छ ।

खुसनसिव र वज्जादलाई लिएर उपस्थित हुन आदेश दिनुको पछाडिको कारण अख्तियारले नखुलाए पनि उनीहरुसंगको मिलेमतोमा नक्कली ऋणी खडा गरेरे नाममा करोडौं कर्जा प्रवाह गरेकोले अख्तियारले कारवाही प्रकृया अगाडि बढाएको नेपाल वैंक स्रोतले जानकारी दिएको छ ।

उनीमाथि राष्ट्र बैंकले पनि कारबाही प्रकृया शुरु गरेको बताइएको छ ।

अख्तियारले कारवाही प्रकृया शुरु गरेपछि अधिकारी भने मोवाइलअफ गरेर फरार भएको अख्तियार स्रोतको दावी छ ।

Published Date: 21 April 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर