भक्तपुरमा यहि वैशाख २० गते वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने

भक्तपुरमा यहि वैशाख २० गते वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने : Icon Khabar

भक्तपुर, वैशाख ७ । भक्तपुरमा वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल सांगीतिक साँझ कार्यक्रम हुने भएको छ।

भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हुने सो कार्यक्रम यहि वैशाख २० गते शनिबारका दिन भक्तपुरमा हुने भएको हो।

आज बिहान आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सो जानकारी गराएको हो। उक्त कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले आफ्ना कालजयी गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्।

सो साँझमा गायक श्रेष्ठले उनका दर्जन भन्दा बढि गीतहरु प्रस्तुत गरिने छन्। आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्य, वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, संस्थापक अध्यक्ष न्हुछें मानन्धर, वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेल, संयोजक रोशन धौभडेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Published Date: 20 April 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग