भक्तपुरमा यहि वैशाख २० गते वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने

भक्तपुरमा यहि वैशाख २० गते वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने : Icon Khabar

भक्तपुर, वैशाख ७ । भक्तपुरमा वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल सांगीतिक साँझ कार्यक्रम हुने भएको छ।

भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हुने सो कार्यक्रम यहि वैशाख २० गते शनिबारका दिन भक्तपुरमा हुने भएको हो।

आज बिहान आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सो जानकारी गराएको हो। उक्त कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले आफ्ना कालजयी गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्।

सो साँझमा गायक श्रेष्ठले उनका दर्जन भन्दा बढि गीतहरु प्रस्तुत गरिने छन्। आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्य, वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, संस्थापक अध्यक्ष न्हुछें मानन्धर, वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेल, संयोजक रोशन धौभडेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2025
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण