आज काठमाडौंमा सुरक्षा सतर्कता उच्च

आज काठमाडौंमा सुरक्षा सतर्कता उच्च : Icon Khabar

काठमाडौं, वैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघलगायतको आन्दोलनलाई मध्यनजर गरी आज काठमाडौंको सुरक्षा सतर्कता उच्च पारिएको छ ।

गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न पाइँदैन ।

तर, राप्रपाले आज राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था अलर्ट गरिएको हो । गएको चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति राप्रपाले लिएको छ । यता शिक्षकहरु १९औं दिनदेखि विभिन्न माग राखेर सडकमा उत्रिएका छन् ।

यसलाई मध्यनजर गरेर आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको हो । हाल निषेधित क्षेत्र आसपास १५ सय बढी प्रहरी परिचाल गरिएको छ । यो संख्या अझ बढ्न सक्ने बताइएको छ । त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा आवश्यक समन्वय गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2025
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने