आज काठमाडौंमा सुरक्षा सतर्कता उच्च

आज काठमाडौंमा सुरक्षा सतर्कता उच्च : Icon Khabar

काठमाडौं, वैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघलगायतको आन्दोलनलाई मध्यनजर गरी आज काठमाडौंको सुरक्षा सतर्कता उच्च पारिएको छ ।

गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न पाइँदैन ।

तर, राप्रपाले आज राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था अलर्ट गरिएको हो । गएको चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति राप्रपाले लिएको छ । यता शिक्षकहरु १९औं दिनदेखि विभिन्न माग राखेर सडकमा उत्रिएका छन् ।

यसलाई मध्यनजर गरेर आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको हो । हाल निषेधित क्षेत्र आसपास १५ सय बढी प्रहरी परिचाल गरिएको छ । यो संख्या अझ बढ्न सक्ने बताइएको छ । त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा आवश्यक समन्वय गरिरहेको छ ।

Published Date: 20 April 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न