बिस्का: जात्रा: आज भक्तपुरको योसीं खेल र तालाक्वमा योसीं उठाईदै

बिस्का: जात्रा: आज भक्तपुरको योसीं खेल र तालाक्वमा योसीं उठाईदै : Icon Khabar

भक्तपुर, चैत ३१ । आज २०८० सालको अन्तिम दिन अर्थात चैत्र शुक्ल मसान्त चैत ३१ गतेको दिन । बिस्का: जात्राको चौथौं दिन आज भक्तपुरको योसीं खेल र तालाक्वमा योसीं उठाईदैछ।

भक्तपुरको तालाक्वामा अहिले बिहान हात नभएको योसीं ठड्यौदैछ छ भने आहै अपरान्ह भक्तपुरको भेलुखेलमा हाल भएको योसीं ठड्यौदैछ। भोलि २०८१ सालको पहिलो दिन अर्थात बैशाख १ गते योसीं खेलको योसीं ढाल्ने र भैरव भद्रकालीको रथ जुढाउने जात्रा हुन्छ ।

त्यसपछि क्रमशः अन्य ठाउँमा अन्य ठाउँमा पनि रथ वा खट जुढाउने जात्रा हुन्छ । जसमा बाराहीको टिप्वाजात्रा, इन्द्रजात्राको त्वारिवाः जात्रा, दुमाजुको कोलुक्यात जात्रा, ब्रम्हायणी माहेश्वरीको खः जात्रा, महाकाली महालक्ष्मीको खःजात्रा, जेठागणेश र बुल्चा भैरवको खःजात्रा, इनरे गणेश (सूर्यविनायक गणेश)को खःजात्रा आदि गरि भक्तपुर भरि र भक्तपुर बाहिर थिमी, बोडे, नगदेश, टोखा, सुनाकोठी, साँगा, धुलिखेल, चौकोट, श्रीखण्डपुर जस्ता ठाउँहरुमा समेत कतै योसीं उठाइन्छ, कतै स्थानिय देवदेवीहरुको जात्रा हुन्छ ।

Published Date: 13 April 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु