चट्याङ लागेर एक महिनामा ११ जनाको मृत्यु

चट्याङ लागेर एक महिनामा ११ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, चैत ३१ । चट्याङका कारण एक महिनाको अवधिमा ११ जनाको ज्यान गएको छ । २०८१ साल चैत १ गतेदेखि चैत २९ गतेको अवधिमा ५१ वटा चट्याङका घटना हुँदा ११ जनाको मृत्यु र ४१ जना घाइते भएका हुन् ।

यो गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक हो । केन्द्रका अनुसार चट्याङ लागेर खोटाङ, झापा, मोरङ, धनुषा, अर्घाखाँची, रोल्पा, दैलेख, बाजुरा, बझाङ, डोटी र कञ्चनपुरमा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङबाट प्रभावित परिवारको संख्या ६४ छ । आंशिक रुपमा घर क्षतिको संख्या ४ र पूर्ण रुपमा घर क्षतिको संख्या २ छ । ७५पशुचौपायाको क्षति भएको छ । यसरी अनुमानित २४ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ ।

Published Date: 13 April 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु