अवैध लागुऔषधसहित ९ जना पक्राउ

अवैध लागुऔषधसहित ९ जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत २८ । नेपालका चार जिल्लाबाट दुई भारतीय नागरिकसहित ९ जना अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बर्दियाबाट ४ जना, ललितपुर र बाराबाट २/२ जना तथा उदयपुरबाट एक जना गरी ९ जना पक्राउ परेका हुन् ।

बर्दियाको बारबर्दिया नगरपालिका-४ कुसुम्वा घाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका–७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दियाकै बढैयाताल गाउँपालिका-२ फुटाहबाट ८ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध, २२ हजार ५ सय नगद र २ थान मोबाइलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन