अवैध लागुऔषधसहित ९ जना पक्राउ

अवैध लागुऔषधसहित ९ जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत २८ । नेपालका चार जिल्लाबाट दुई भारतीय नागरिकसहित ९ जना अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बर्दियाबाट ४ जना, ललितपुर र बाराबाट २/२ जना तथा उदयपुरबाट एक जना गरी ९ जना पक्राउ परेका हुन् ।

बर्दियाको बारबर्दिया नगरपालिका-४ कुसुम्वा घाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका–७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दियाकै बढैयाताल गाउँपालिका-२ फुटाहबाट ८ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध, २२ हजार ५ सय नगद र २ थान मोबाइलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

Published Date: 10 April 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु