राप्रपाले गर्यो काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा

राप्रपाले गर्यो काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा : Icon Khabar

काठमाडौँ, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गरेको छ। विभिन्न ठाउँबाट निकालिएको र्‍याली बल्खुमा पुगेर आमसभामा परिणत भएको छ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। कार्यक्रम स्थलमा उनीहरू आइपुगेका छन्। अन्य आउने क्रम जारी छ।

राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ।

हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन्।

Published Date: 08 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु