सभापति रवि लामिछानेको पक्राउको विषयमा रास्वपा मानवअधिकार आयोग जाने

सभापति रवि लामिछानेको पक्राउको विषयमा रास्वपा मानवअधिकार आयोग जाने : Icon Khabar

काठमाडौं, चैत २५ । सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने भएको छ । न्यायिक प्रक्रिया नपुर्‍याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा रास्वपाले आयोग जाने तयारी गरेको रास्वपाकी सहप्रवक्ता तथा लामिछानेको सचिवालय प्रमुख प्रतिभा रावलले जानकारी दिइन् ।

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । रास्वपाले लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ ।

शनिवार रास्वपाले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा।स्वर्णिम वाग्लेले सोमबार उच्च अदालतको आदेशविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च जाने बताएका थिए ।

यद्यपि आजै भने आफूहरू सर्वोच्च नजाने सह प्रवक्ता रावलले बताइन् । उनले आफूहरूले कानुनी राय लिएर छलफल गरिरहेको बताउँदै मानवअधिकार आयोग जाने तयारी गरेको बताइन् । ‘आयोग र सर्वोच्च जाने तयारी गरेका छौँ । त्यसका लागि छलफलमै छौँ । कुन दिन जाने भन्ने तय भैसकेको छैन,’ उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2025
Website | + posts




ताजा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने
मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो
अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित