सभापति रवि लामिछानेको पक्राउको विषयमा रास्वपा मानवअधिकार आयोग जाने

सभापति रवि लामिछानेको पक्राउको विषयमा रास्वपा मानवअधिकार आयोग जाने : Icon Khabar

काठमाडौं, चैत २५ । सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने भएको छ । न्यायिक प्रक्रिया नपुर्‍याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा रास्वपाले आयोग जाने तयारी गरेको रास्वपाकी सहप्रवक्ता तथा लामिछानेको सचिवालय प्रमुख प्रतिभा रावलले जानकारी दिइन् ।

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । रास्वपाले लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ ।

शनिवार रास्वपाले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा।स्वर्णिम वाग्लेले सोमबार उच्च अदालतको आदेशविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च जाने बताएका थिए ।

यद्यपि आजै भने आफूहरू सर्वोच्च नजाने सह प्रवक्ता रावलले बताइन् । उनले आफूहरूले कानुनी राय लिएर छलफल गरिरहेको बताउँदै मानवअधिकार आयोग जाने तयारी गरेको बताइन् । ‘आयोग र सर्वोच्च जाने तयारी गरेका छौँ । त्यसका लागि छलफलमै छौँ । कुन दिन जाने भन्ने तय भैसकेको छैन,’ उनले बताइन् ।

Published Date: 07 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु