शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २२ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज ह्वात्तै घटेको छ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउमा समेत उच्च गिरावट आएको छ । चाँदीको भाउ १२५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७० रुपैयाँ कायभ भएको छ ।

Published Date: 04 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु