काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यु

काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यु : Icon Khabar

काठमाडौँ, चैत १५ ।  जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरिएको हो । प्रशासनल गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कफ्र्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यु आदेश जारी गरिएको छ ।

यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यु आदेश जारी गरिएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कफ्र्यु आदेश गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यु लगाएको हो ।

‘…स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ’, प्रशासनले भनेको छ ।

Published Date: 28 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर