सम्पूर्ण जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

सम्पूर्ण जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र : Icon Khabar

काठमाडौँ, चैत १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँको तीनकुनेमा भएको क्षतिको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) राजावादी प्रदर्शनकारी उग्र हुँदा तीनकुनेमा रहेका व्यक्तिका घरमा ढुंगामुढा तथा आगजानी गरेका थिए। मिश्र पनि उनीहरूसँगै प्रदर्शनमा उत्रिएका थिए ।

उनले आन्दोलन नरोकिएको पनि जानकारी गराएका छन् । ‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने, ‘कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु ।’ उनले नेताहरूलाई भ्रष्ट पनि भनेका छन् र कहिलेसम्म सुरक्षा पाउने रहेछन् भन्दै चेतावनी पनि दिएका छन् । ‘अहिलेलाई यत्ति भनें । हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 28 March 2025
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू