सम्पूर्ण जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

सम्पूर्ण जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र : Icon Khabar

काठमाडौँ, चैत १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँको तीनकुनेमा भएको क्षतिको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) राजावादी प्रदर्शनकारी उग्र हुँदा तीनकुनेमा रहेका व्यक्तिका घरमा ढुंगामुढा तथा आगजानी गरेका थिए। मिश्र पनि उनीहरूसँगै प्रदर्शनमा उत्रिएका थिए ।

उनले आन्दोलन नरोकिएको पनि जानकारी गराएका छन् । ‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने, ‘कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु ।’ उनले नेताहरूलाई भ्रष्ट पनि भनेका छन् र कहिलेसम्म सुरक्षा पाउने रहेछन् भन्दै चेतावनी पनि दिएका छन् । ‘अहिलेलाई यत्ति भनें । हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्’ उनले भनेका छन् ।

Published Date: 28 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर