राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार, केहि नियन्त्रणमा

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार, केहि नियन्त्रणमा : Icon Khabar

काठमाडौँ, चैत १५ । प्रहरीले राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ । सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका छन्। सो क्रममा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । निषेधित क्षेत्र तोड्न खोजेपछि केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2025
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू