सेयर बजारमा यो साताभर गिरावट

सेयर बजारमा यो साताभर गिरावट : Icon Khabar

काठमाडौं, चैत ९ । सेयर बजारमा यो साताभर गिरावट आएको छ । समीक्षा अवधिमा सेयर बजार परिसूचक ६७ दशमलव १७ अङ्कले घटेको छ । अघिल्लो साता २७३६ दशमलव ४८ विन्दुमा बन्द भएको सेयर बजार यो साता २६६९ दशमलव ३१ विन्दुमा झरेर बन्द भएको छ ।

आइतवार बजार परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर ओरालो यात्रा प्रारम्भ गरेको बजार सोमवार १० दशमलव १४ अङ्कले घटेको थियो । मंगलवार ७ दशमलव ६६ अङ्कले घटेको थियो भने बुधवार १४ दशमलव ८८ अङ्कले घटेको थियो ।

यो साताको कारोबारको अन्तिम दिन बिहीवार पनि सेयर बजारमा १२ दशमलव ३८ को गिरावट आएको थियो ।

यो साता ग्रीन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले वृद्धि भयो । गत साता १३६६ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १४६७ दशमलव ८७ रुपैयाँमा बन्द भएको छ ।

त्यस्तै दोस्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत साता ८२७ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८८८ दशमलव ५५ रुपैयाँमा बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)