सेयर बजारमा यो साताभर गिरावट

सेयर बजारमा यो साताभर गिरावट : Icon Khabar

काठमाडौं, चैत ९ । सेयर बजारमा यो साताभर गिरावट आएको छ । समीक्षा अवधिमा सेयर बजार परिसूचक ६७ दशमलव १७ अङ्कले घटेको छ । अघिल्लो साता २७३६ दशमलव ४८ विन्दुमा बन्द भएको सेयर बजार यो साता २६६९ दशमलव ३१ विन्दुमा झरेर बन्द भएको छ ।

आइतवार बजार परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर ओरालो यात्रा प्रारम्भ गरेको बजार सोमवार १० दशमलव १४ अङ्कले घटेको थियो । मंगलवार ७ दशमलव ६६ अङ्कले घटेको थियो भने बुधवार १४ दशमलव ८८ अङ्कले घटेको थियो ।

यो साताको कारोबारको अन्तिम दिन बिहीवार पनि सेयर बजारमा १२ दशमलव ३८ को गिरावट आएको थियो ।

यो साता ग्रीन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले वृद्धि भयो । गत साता १३६६ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १४६७ दशमलव ८७ रुपैयाँमा बन्द भएको छ ।

त्यस्तै दोस्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत साता ८२७ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८८८ दशमलव ५५ रुपैयाँमा बन्द भएको छ ।

Published Date: 22 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग