भक्तपुरमा तरुणदलका पूर्व अध्यक्षहरुको भेला सम्पन्न

भक्तपुरमा तरुणदलका पूर्व अध्यक्षहरुको भेला सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ९ । तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको आज भक्तपुरमा भेला सम्पन्न भएको छ ।

विगतमा तरुण दलको नेतृत्व तहमा पुगिसकेका नेताहरु तथा केन्द्रिय पदाधिकारी र जिल्ला सदस्यहरुको भेला आज भक्तपुरमा सम्पन्न भएको हो ।

वर्तमान राजनीतिक गतिविधिहरु र यसले श्रृजना गरेको राजनीतिक वातावरणका बिषयमा केन्द्रित रहेर उक्त कार्यक्रममा छलफल गरिएको तरुण दलका पूर्व अध्यक्ष बिनोद प्रसाद कायष्थले बताए ।

नेपाली काँग्रेसलाई मजबुद बनाउन लागेको बिगतका पदाधिकारीहरु हाल केहि जिम्मवार पदमा रहेर राजनीतिमा शक्रिय रहिरेहेका र हाल क्रियाशिल रहेका साथिहरुमा अवको राजनीतिक वातावरण कस्तो हुनु पर्छ भन्ने बिषयमा ब्यवापक छलफल गरिएको कायष्थले बताए ।

संविधानसभाबाट प्राप्त उपलब्धि विरुद्ध सडकमा विगत केहि समयम देखि प्रदर्शन भईरहेकाले सो उपलब्धिको रक्षार्थ पनि सरकार र पाटीलाई सकारात्मक दबाब श्रृजना गर्न यो भेला उपलब्धिक मूलक हुने उनले बताए ।

भेलाम छलफल भएका विषयहरुलाई संग्रह गरि पार्टी केन्द्रिय कार्यालमा पदाधिकारीहरुलाई बुझाउने र यसले पार्टीका आगामी दिन कार्यदिशा निमार्ण गर्न थप सहयोग पुग्ने कायष्ठले बताए ।

भेलामा देशका विभिन्न जिल्लाबाट १०० औं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Published Date: 22 March 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु