काठमाडौं, चैत ७ । नेप्से परिसूचक बिहीबार १२.३८ विन्दुले घटेर २६६९.७६ अंकमा आएको छ ।
आज ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जीवन बिमा समूहको सूचकमात्र बढेको छ । २६ सयको लेबलमा झरेपछि सेयर बजार झनै सुस्त भएको छ । सूचकमा सामान्य ह्रास आउँदा कारोबार रकम न्यून छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।
आज ३ सय १२ कम्पनीको ९५ लाख ९९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड २१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सिन्धु विकास बैंक परेका छन् ।
Published Date: 20 March 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1