एसइई प्रारम्भ भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरियो

एसइई प्रारम्भ भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरियो : Icon Khabar

सिरहा, चैत ७ । सिरहामा एसइई प्रारम्भ भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको हो ।

केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोबाइल प्रयोग गरी प्रश्न पत्र बाहिरिएको स्रोतले जनाएको छ । प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएको बताए ।

उनले भने- ‘पात समेत हल्लिन दिएको छैन, प्रश्न पत्र कसरी बाहिरिएको हो ? त्यसबारे अनुसन्धान हुँदैछ ।’

परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्न पत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेकाे स्थानीयको आरोप छ ।

Published Date: 20 March 2025


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग