एसइई प्रारम्भ भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरियो

एसइई प्रारम्भ भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरियो : Icon Khabar

सिरहा, चैत ७ । सिरहामा एसइई प्रारम्भ भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको हो ।

केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोबाइल प्रयोग गरी प्रश्न पत्र बाहिरिएको स्रोतले जनाएको छ । प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएको बताए ।

उनले भने- ‘पात समेत हल्लिन दिएको छैन, प्रश्न पत्र कसरी बाहिरिएको हो ? त्यसबारे अनुसन्धान हुँदैछ ।’

परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्न पत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेकाे स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2025
Website | + posts