बाजुरामा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हानेर क्रुर व्यवहार गरेकाहरुको खोजीमा प्रहरी परिचालन

बाजुरामा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हानेर क्रुर व्यवहार गरेकाहरुको खोजीमा प्रहरी परिचालन : Icon Khabar

काठमाडौँ, चैत ५ । बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका सथनीयले परम्पराका नाममा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हानेर क्रुर व्यवहार गरेको युवाको खोजीमा प्रहरी परिचालन भएको छ।

बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईलाई निर्मम रूपमा कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्ने समूहको पहिचान भइसकेको हुँदा खोजीका लागि प्रहरी परिचालन गरिसकेको बताए।

‘गाईलाई लाठी र ढुंगा हान्दै जबरजस्ती कर्णाली नदीमा हाल्नेहरूको पहिचान भइसकेको छ,’ उनले भने, ‘प्रहरी खोजीका लागि मूभ भइसकेको छ, आजै उनीहरूलाई खोजेर ल्याइने छ।’

घटनास्थल प्रहरी कार्यालयदेखि झन्डै पाँच घन्टाको दुरीमा रहेको हुँदा प्रहरी पुग्न केही समय लाग्न सक्ने उनले बताए।

‘त्यहाँ मलामी त एक डेढ सयको संख्यामा हो भन्ने छ,’ उनले भने, ‘गाईलाई ढुंगाले हान्नेहरू आठदेखि नौ जना देखिएका छन् र तीमध्ये चार पाँच जना पहिचान भइसकेका छन्।’

ती व्यक्तिहरू गाउँ घरतिरै रहेको भन्ने खुलेको हुँदा प्रहरी परिचालन गरिएको उनले बताए। ती व्यक्तिहरूलाई पक्राउ गरी ल्याइसकेपछि छलफल हुने उनले बताए।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार साउने सार्कीको मृत्यु लगत्तै अघिल्लो दिन मात्रै कालीकोटबाट दान गर्नका लागि गाई खोजेर ल्याइएको बताए।

Published Date: 17 March 2025








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ